खाँडादेवी गाउँपालिकामा संयुक्त प्रतिवद्धता पत्र

प्रदेश ३ राजनीति समाज

रामेछाप । खाडाँदेवी गाउँपालिकामा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त प्रतिवद्धता पत्र सार्वजनीक गरेको छ । नेपाली कांग्रेसको तर्फ बाट गाउँपालिका प्रमुखको उम्मेदवार नवराज थोकर र नेकपा माओवादी केन्द्रको तर्फ बाट मान बहादुर तामाङ्ग ( निर्माण) संयुक्त प्रतिवद्धता पत्र सार्वजनीक गरेको छ ।

गाउँपालिकामा नेकपा एमालेले ५ वर्षको अवधीमा गरेको नितिगत भ्रस्टचारको पर्दाफास गर्न जसरी पनी गठबन्धनले जित्नै पर्ने गाउँपालिका प्रमुखका उम्मेदवार थोकरले बताए । गठबन्धनको तर्फ बाट युबा नेतृत्वमा भएको उर्जालाई गाउँपालिका बिकासमा प्रयोग गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिवद्धता पत्रमा खाँडादेवि गाउँपालिकामा सुबिधा सम्पन्न अस्पतालको निर्माण गरी संचालन गर्ने लगाएत शिक्षालाई आधुनिकीकरण गर्दै अनिबार्य ब्यबहारिक, ब्यबसायिक र रोजगार मुलक सिक्षा नीति ल्याउने लगाएतका विषय बस्तु समेटिएको छ ।
संयुक्त प्रतिवद्धता पत्र

Facebook Comments Box