जागिर समेत तिलान्जली दिएका प्रसाई भन्छन् ः“ नागरिकको सपना पुरा गर्ने अवसर आएको छ ”

प्रदेश ३ राजनीति

रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका वडा नं ७ भटौलीका अध्यक्षका उम्मेदवार भुवनहरी प्रसाईले वडाको समृद्धिको लागी नागरिकले यो पटक आफुलाई साथ दिने बताएका छन् । पेन्सन हुन २ महिना मात्र वाँकी रहेको स्थायी जागिरलाई तिलान्जली दिएर २०५४ सालको स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेसका तर्फबाट उमेद्धार हुँदा राप्रपा सँग झीनो मतले पराजय भएका प्रसाई यस नागरिकले आफुलाई साथ दिने बताएका छन् । प्रसाईले भने २०५४ सालमा भटौलीको समृद्धिको जुन सपना देखेर जागिर छाडेर राजनितीमा आएको थिए त्यस समयमा बिभिन्न कारणले असफल भए अब पुनः मलाई त्यो अवसर आएको छ । अब भटौलीको नागरिकको सपना पुरा हुन्छ मलाई नागरिकले यो पटक साथ दिन्छ ।

लामो समयदेखि प्रथामिक तहको शिक्षण पेशामा सकृय प्रसाईले २०५३ सादेखि शिक्षक सघ मा आबद्ध भई राजिनितिमा कृयासिल रहदै आएका छन् । पेन्सन हुन २ महिना मात्र वाँकी रहेको स्थायी जागिरलाई तिलान्जली दिएर २०५४ सालको स्थानीय तहको निर्बाचनमा नेपाली काँग्रेसका तर्फबाट उमेद्धार हुँदा प्रसाइले राप्रपा सँग झीनो मतले पराजय भोग्नु परेको थियो ।

पेन्सन पाकेको जागिर गुमाउनुका साथै पराजयको शिकार समेत बन्नु परेका कारण पार्टिले यस अघि २०७४ सालमा भएको निर्बाचनमा पनि टिकट दिन तयार भएपनि प्रसाइले आफ्नो पारिवारीक समस्या भएका कारण टिकट लिन मानेनन् ।
भटौलीका एक मात्र सादगी र निष्ठावान नेताका रुपमा चिनिएका प्रसाईले वडा अध्यक्षको टिकट लिएर योपटक जितेर नागरिकको सपना पुरा गर्ने र भटौलीको समृद्धिमा लागी पर्ने बताएका छन् ।

Facebook Comments Box