रामेछापमा भान्जाको खुकुरी प्रहार बाट मामा घाइते

प्रदेश ३ समाज

रामेछाप । रामेछाप नगरपालिका –५ रामपुरमा भान्जाले खुकुरी प्रहारगर्दा मामा घाइते भएका छन् । बुधबार घरायसी काम सकेर आराम गरिरहेको समयमा वर्ष ५७ का हेम ब तामाङलाई उनका भान्जा वर्ष ३७ का झमक ब तामाङले एक्कासी खुकुरी प्रहार गरेको प्रहरी चाकी रामेछाप डाँडाले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका तामाङको जिल्ला अस्पताल रामेछापमा उपचार भैरहेको प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौलागाईले बताए । घाइतेको अवस्था सामान्य छ । घटनाको बारेमा थप अनुसन्धान भैरहको छ ।

Facebook Comments Box