सरकारले गर्यौ दुई दिन सार्वजनिक विदा दिने निर्णय

प्रदेश ३ बिशेष समाज

रामेछाप । सरकारले हप्तामा दुई दिन सार्बजनिक रुपमा बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी जेठ १ गते देखी लागु हुने गरी शनिवार र आइतवार गरि दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

एक साताअघि नेपाल आयल निगमले इन्धनमा करोडौं रुपैयाँ घाटा कम हुने र महँगीमा इन्धन आयात समेत घट्ने भन्दै आइतवार पनि सार्वजनिक रुपमा विदा दिने गरी प्रस्ताव गरेको थियो । आयाल निगमले गरेको प्रस्ताव अनुसार नेपाल सरकारले उक्त निर्णय गरेको हो । यसअघि सरकारले २०४७ सालमा अदालतमा सातामा २ दिने बिदा दिएर केही समय अभ्यास गरे पनि २०४८ सालमा तल्कालीन प्रशासन सुधार आयोगले खर्च घटाउन सकिने र प्रशासन सञ्चालन गर्न सहज हुने भन्दै २ दिन सार्वजनिक विदा दिन सिफारिस गरेको थियो ।

सोही आयोगको सिफारिस अनुसार २०५६ सालमा काठमाण्डौं उपत्याकामा सातामा २ दिन सार्वजनिक विदा दिने चलन शुरु गरेको भए पनि उक्त अभियान पूर्णरुपमा भने सफल हुने सकेको थिएन ।

Facebook Comments Box