भटौलीका ३९ जना एमाले कार्यकर्ताले दिए सामुहिक राजिनामा

प्रदेश ३ राजनीति समाज

रामेछाप । नेकपा एमाले रामेछापका जिल्ला कमिटी सदस्य शिवहरी उप्रेती र मन्थली नगरकमिटी सदस्य सुर्दशन प्रसाई सहित नेकपा एमालेका ३९ जना नेता तथा कार्यकर्ताहरुले साधारण सदस्य समेत नरहने गरी सामुहिक राजिनामा दिएका छन् ।


यहीँ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमाले रामेछापले वडा कमिटीमा छलफल नै नगरी वडाका केही व्यक्तिहरु मात्रै राखेर टिकटको बिषयमा छलफल चलाएकोमा सहभागी मध्ये २० जनाले छलफल बहिष्कार गरेर हिडेका थिए । छलफलमा भाग नलिई बाहिरीएका पार्टीका नेता तथा कार्यकर्ताहरुको मतलव नै नराखी ५ जनाले वडा अध्यक्ष लगाएतका अन्य सदस्यहरुलाई उम्मेदवार वनाउने भन्ने निर्णय गरेपछि भटौलीमा रहेका एमालेका अन्य कार्यकर्ताहरु पार्टीप्रति आक्रोसित बनेका हुन् ।


यस अघि नेकपा एमाले रामेछापको अधिवेशनमा पनि नेकपा एमालले भटौलीका कार्यकर्ताहरुलाई पार्टी कमिटीमा सम्मानजनक पद नदिएको भन्दै कार्यकर्ताहरुमा नैराश्यता छाएको थियो । नेकपा एमालेले भटौलीमा रहेका कार्यकर्ताहरुको भावना अनुसार कुनै पनि काम गर्न नसकेको र पार्टी पंक्ती व्यक्ति प्रति हावी भएको भन्दै भटौलीका नेता तथा कार्यकर्ताहरुले नेकपा एमाले पार्टी छाड्ने निर्णयमा पुगेका हुन् ।

Facebook Comments Box