रामेछाप नगरपालिकामा कस्ले मार्ला बाजि

प्रदेश ३ राजनीति

रामेछाप । जिल्लाको सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका उमेरद्वार मध्य कस्ले बाजि जित हात पार्छ भन्ने बिषयमा बहससुरु भएको छ ।
पाँच दलिय गठवन्धन गरेर निर्वाचन जाने तयारी गरेपनि गठवन्धनबिच तालमेल नमिल्दा नेपाली काँग्रेस एक्लै निर्वाचनमा भाग लिएको छ । काँग्रेस एक्लै निर्वाचन होमिएपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बिच तालमेल गरेर अघि बढेको छ ।
नेपाली कांग्रेसका तर्फबाट लवश्री न्यौपानले उम्मेद्वारी दर्ता गराएका छन् । न्यौपाने नेपाली कांग्रेस रामेछापका नि बर्तमान जिल्ला सभापती समेत हुन् । न्यौपाने सहित उपमेयरमा बालाकुमारी थापा कार्कीले उमेरद्वारी दिएका छन् । वडा नं १ वडा अध्यक्षमा रेख ब खत्री, वडा नं २ मा सुशिलहरि बख्रेल, वडा नं ३ मा दल ब प्रधान, वडा नं ४ मा कृपा थापा मगर, वडा नं ५ मा हरिशचन्द्र श्रेष्ठ, वडा नं ६ मा राजेश तामाङ,वडा नं ७ मा समिर कार्की,वडा नं ८ मा सन्तोष तामाङ र वडा नं ९ मा दिर्घ ब श्रेष्ठले सोमबार उम्मेद्वारी दर्ता गराएका छन् । साथै ९ वटै वडाका वडा सदस्यका उम्मेद्वारहरुले पनि उम्मेद्वारी दर्ता गराएका छन । बाजा गाजा र फूलमाला सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनिहरुले उम्मेद्वारी दर्ता गराएका हुन । रामेछापमा यस भन्दा पहिला पनी नेपाली कांग्रेसले जितेको र अनुभबी र त्यागी नेता भएको कारण कांग्रेसको जित पक्का भएको कांग्रेस कार्यकर्ताहरुको भनाई छ ।
त्यसै गरी नेकपा एमालेका उमेरद्वारहरुले पनी बाजा गाजा सहित उमेरद्वारी दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट रोशन पाख्रिनले नगर प्रमुखमा उम्मेद्वारी दर्ता गराएका छन् । पाख्रिन यस अघि पनी नेपाली कांग्रेसका उमेरद्वार नरबहादुर थापामगर संग १ सय १ मतले हार ब्यहोरेका ब्यक्ति हुन् । पाख्रिन राजनीती संग संगै एनजिओ आइएनजिओ क्षेत्र बाट आएका हुन् । पाख्रिन सहित उपमेयरमा सिता केसी, वडा नं १ को वडा अध्यक्षमा शिव कार्की, २ मा विजय बुढाथोकी, ३ मा राम कु खत्री, ४ मा अमर तामाङ, ५ मा तुल्सी श्रेष्ठ,६ मा धन ब खड्का, ७ मा धु्रव बस्नेत, ८ मा श्याम कु श्रेष्ठ र ९ मा देव श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । साथै ९ वटै वडाका वडा सदस्यका उम्मेद्वारहरुले पनि उम्मेद्वारी दर्ता गराएका छन ।
साथै नेकपा माओवादी र एकीकृत समाजवादी पार्टीबिच गठबन्धन भएर उम्मेद्वारी दर्ता गरिएको छ । ९ वटा वडा रहेको रामेछाप नगरपालिकाको मेयरमा माओवादीका उम्मेद्वार नरेशबाबु श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् भने एकीकृत समाजवादीका उम्मेद्वार ढाल विक्रम कार्कीले उपमेयरमा उम्मेद्वारी दर्ता गराएका छन् ।
वडा नं १ र ७ मा एकीकृत समाजवादीले आफनो उम्मे्द्वारी दर्ता गराएको छ । १ मा बाबुराम कार्की र ७ मा सुर्य कार्कीले वडाअध्यक्षमा उम्मे्द्वारी दर्ता गराएका हुन । माओवादी केन्द्रबाट वडा नं २ मा निर कुमार श्रेष्ठ, वडा नं ३ मा भक्त ब प्रधान, वडा नं ४ मा जनकराज सुनुवार, वडा नं ५ मा तिलक तामाङ, वडा नं ६ मा मोतिलाल तामाङ, वडा नं ८ मा सरोज कटुवाल र वडा नं ९ मा चन्द्र ब श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् ।
साथै ९ वटै वडाका वडा सदस्यका उम्मेद्वारहरुले पनि उम्मेद्वारी दर्ता गराएका छन । बाजागाजा सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनिहरुले उम्मेद्वारी दर्ता गराएका हुन ।

Facebook Comments Box