एमालेबाट मन्थलीको नगरप्रमुखमा श्रेष्ठ सर्वसम्मत

राजनीति

रामेछाप । जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागी नेकपा एमालेले लव श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । शुक्रबार बसेको मन्थली नगर कमिटीको बैठकले श्रेष्ठलाई सर्वसम्मत उम्मेदवार चयन गरेको हो । मन्थली नगरपालिका भित्रबाट नेकपा एमालेको उमेरद्वारी दावी गर्ने आधा दर्जन नेताहरु रहेका थिए । नगर प्रमुखको आकांक्षी रहेपनि सहमतिबाटै एमाले बागमती प्रदेश कमिटीका सदस्य श्रेष्ठ नगर प्रमुखको उम्मेदवार बनेका हुन् । गत निर्वाचनमा एमालेबाट निर्वाचित रमेश कुमार बस्नेत हाल एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रहेका छन् ।

Facebook Comments Box