एमालेको चुनावी घोषणापत्र सार्वजनिक,

प्रदेश ३ राजनीति

काठमाडौं – नेकपा एमालेले आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ । स्थानीय निर्वाचन २०७९ का लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको हो । पार्टी कार्यालय, च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा पार्टी कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए । घोषणापत्रमा पार्टीले विगतमा गरेका जनपक्षीय काम कारबाहीका साथै आगामी दिनका योजना सविस्तार व्याख्या गरिएको छ ।

स्थानीय निर्वाचन घोषणा पत्र ०७९ (resize)

Facebook Comments Box