रामेछापमा सत्ता गठबन्धन दलबीच सहमती

प्रदेश ३ राजनीति

रामेछाप । रामेछापमा सत्ता गठबन्धन दलहरुबीच गाउँपालिका तथा नगरपालिका बाडफाडमा सहमती जुटेको छ । वडातहमा भने अझै सहमती जुट्न सकेको छैन । मन्थली माबिको बिद्यालय ब्यवस्थापनको अध्यक्षले राजिनामा गरे संगै रामेछापमा सहमती जुटेको हो । कुन स्थानिय तह कसले पाउने भन्ने बिषयमा आन्तरिक छलफल भइरहेको छ । केहि बेरमा सहमती हुदै छ एक नेताले भने । उनले भने नेपाली कांग्रेसले ५ नेकपा माओवादी केन्द्रले ३ र समाजवादीले जिल्ला समन्वय समिती लिने गरी सहमतीको तयारी अन्तीम चरणमा पुगेको जानकारी दिए ।

Facebook Comments Box