एसईई परीक्षामा रामेछापका ३३ सय ८९ विद्यार्थी सहभागी हुने

प्रदेश ३ शिक्षा समाज

रामेछाप । शुक्रवारदेखी संचालन हुने कक्षा १० को (एसईई) परीक्षामा रामेछापबाट ३ हजार ३ सय ८९ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् ।

परीक्षामा सहभागी हुने विद्यार्थीहरु मध्ये साधारण तर्फका ३ हजार २ सय ४१ जना, प्राविधिक तर्फ १ सय ५ जना र आशिंक तर्फबाट ४३ जना गरी कुल ३ हजार ३ सय ८९ जना विद्यार्थीहरु परीक्षामा सहभागीता जनाउने भएका छन् । जसमा साधारण तर्फको परीक्षामा छात्र १ हजार ४ सय ८६ जना र छात्रा तर्फ १ हजार ७ सय ५५ जना रहेका छन् ।

त्यसैगरी प्राविधिक तर्फको परीक्षामा छात्र ५७ जना र छात्रा ४८ जना गरी कुल १ सय ५ जना रहेका छन् । त्यस्तै आशिंक तर्फको परीक्षामा ४३ जना सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाई रामेछापका इकाई प्रमुख भरत भट्टराईले जानकारी दिए । उनका अनुसार रामेछापमा २१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षालाई मर्यादित बनाउनको लागि जिल्लाका २१ वटै परीक्षा केन्द्रमा २१ जना केन्द्राध्यक्ष तोकिएको छ भने सहायक केन्द्राध्यक्ष २३ जना तोकिएको छ । परीक्षा संचालन गर्न १ सय ६९ जना निरीक्षक र ३ सय १५ जना सुरक्षाकर्मी परिचालन गरिएको पनि इकाई प्रमुख भट्टराईले बताए ।

Facebook Comments Box