एमालेका केन्द्रिय सदस्य ढुंगेलमाथि आक्रमण

प्रदेश ३ राजनीति

रामेछाप । स्थानिय तहको निर्वाचनमा टिकट कसलाई दिने भन्ने बिषयमा विवाद हुँदा नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुंगेलमाथि आफ्नै कार्यकर्ताले हातपात गरेका छन् ।

पार्टीको केन्द्रिय सम्र्पक कमिटीको बैठकमा स्थानिय तहको टिकट बाडफाँडको बिषयमा पार्टीका सदस्यहरु बिच एकआपसमा भनाभन हुँदा सदस्य ढुगेल माथि आफ्नै कार्यकर्ताले आक्रमण गरेका हुन् । बैठकमा नेकपा एमालेको तर्फवाट खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कसलाई टिकट दिने भन्ने बिषयमा बैठकमा नै चर्काचर्की चलेको थियो । वैठकमा एमालेको तर्फवाट प्रस्तावित उम्मेदवारहरु मध्ये अध्यक्ष पदमा प्रेमवहादुर तामाङ्ग, इन्द्र वहादुर तामाङ्ग र ज्ञान कुमार श्रेष्ठको नाम प्रस्ताव भएको थियो ।

कसलाई उम्मेदवार बनाउने भन्ने बिषयमा छलफल भइरहदा अकस्मात नेकपा एमाले केन्द्रीय सम्र्पक समितिका सदस्य लक्ष्मी न्यौपानले आफु माथि हातपात गरेको नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले बताए ।

Facebook Comments Box