कांग्रेसको मन्थली ११ मा सर्वसम्मत अध्यक्ष सहित दुइ सदस्य चयन

प्रदेश ३ राजनीति

रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका –११ गेलुले सर्वसम्मत गनेश बोहोरालाई पार्टीको तर्फ बाट अध्यक्षको उमेरद्वार बनाउने निर्णय गरेको छ । शनिबार बसेको नेपाली कांग्रेस मन्थली नगरपालिका–११ को भेलाले अध्यक्ष सहित दुइ खुल्ला सदस्य समेत चयन गरेको छ । शनिबार बसेको भेलाले अध्यक्षमा गनेश बोहोरा र खुल्ला सदस्यमा रबिध्वज खत्री र राम बहादुर तमाङ्गलाई सर्बसम्मत चयन गरेको वडा इकाइ सभापती प्रेम घिसिङ्गले जानकारी दिए । सभापती घिसिङ्गले भने हामीले सर्वसम्मत अध्यक्षको उमेरद्वार चयन गरेको छौं आजको भेलाले अब दुइ महिला र दलित सदस्य आइतबार टुंगो लगाएर जिल्लामा नाम पठाउछौं । हामी कुनै हालतमा गठबन्धन गर्दैनौ ।सभापती घिसिङ्गले भने जिल्लामा समेत जानकारी गराई सकेको छौं हामी गठबन्धन गर्दैनौ भनेर । भेलाले गठबन्धनको बिरोध गर्दै प्रेस बिज्ञप्ति समेत जारी गरेको सभापती घिसिङ्गले जानकारी दिए ।

Facebook Comments Box