औषधी व्यवसायी संघको साधारण सभा सम्पन्न

प्रदेश ३ समाज स्वास्थ्य

रामेछाप । नेपाल औषधी व्यवसायी संघ दोलखा, रामेछाप शाखाको साधारण सभा सम्पन्न भएको छ । दोलखा रामेछाप शाखाको पथम तथा द्वितीय साधरण सभा रामेछापको सदरमुकाम मन्थलीमा शनिबार सम्पन्न भएको छ ।

औषधिको सदुपयोग गरौं, प्रतिकुल असर हुनबाट बचाऔं भन्ने नाराको साथ साधारण सभा सम्पन्न गरेको छ । दोलखा रामेछाप शाखाका अध्यक्ष जिवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत जितेन्द्र शाहाले सम्बेदनशिल ब्यवसाय भएकाले सर्तकताका साथ व्यवसाय गर्नुपर्ने बताएका छन् ।

औषधी व्यवसाय ब्यवसाय मात्र नभएर सामाजिक पेशा पनी भएको बताएका छन् । औंषधी व्यवसायि महासंघ बागमती प्रदेशका अध्यक्ष धुर्व नारायण श्रेष्ठ वरिष्ठ स्वास्थ्यकर्मी कुमार बिक्रम कार्की, बागमती प्रदेश सदस्य पबित्रराज श्रेष्ठ नेपाल पत्रकार माहासंघ रामेछापका कोषाध्यक्ष युबराज श्रेष्ठ लगाएतले शुभकामना मनतब्य राखेका थिए । साधारण सभामा दोलखा र रामेछापका व्यवसायिहरुको उपस्थती रहेको थियो ।

Facebook Comments Box