रामेछापमा तेक्वान्दो प्रतियोगिता शुरु

कृषि प्रदेश ३

रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा खुल्ला तेक्वान्दो प्रतियोगिता २०७८ शुरु भएको छ ।‘‘ स्वास्थ्यका लागी खेलकुद ः राष्ट्रिका लागी खेलकुद’’ भन्ने मुल नारा सहित शुक्रबार देखी रामेछाप तेक्वान्दो संघ रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा खुल्ला तेक्वान्दो प्रतियोगिता २०७८ शुरु गरेको हो ।
मन्थली नगरपालिकाको मुख्य प्रायोजन र रामेछाप नगरपालिकाको सह प्रायोजनमा भएको प्रतियोगितामा जिल्लाका आठ वटा टिम सहभागी रहेका छन् । चैत्र १८ र १९ गते सम्म हुने प्रतियोगितामा रामेछाप तेक्वान्दो, भिमेश्वर तेक्वान्दो,केवलेश्वर तेक्वान्दो,गंगालाल तेक्वान्दो, मुगिटार तेक्वान्दो, डि एल डि तेक्वान्दो , गाँउ बेसी तेक्वान्दो, बृखेश्वर तेक्वान्दो गरी आठ वटा टिम सहभागी रहेका छन् ।


रामेछाप तेक्वान्दो संघका अध्यक्ष केदार कार्कीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले खेलाडीहरुले जिल्लाको पहिचानको लागी इमान्दारीता पुर्बक खेल खेल्नु पर्ने बताएका छन् । खेलाडीले खेलकुदको छेत्रबाट जिल्ला र देश लाई बिश्व सामु चिनाउने भन्दै खेलाडीको गहना नै अनुसासन भएकोले हार जित भन्दा पनी इमान्दारीता पुर्वक खेल खेल्न आग्रह गरेका हुन् । नगरप्रमुख बस्नेतले नगरपालिका पुर्वाधार बिकासमा मात्र नभएर समग्र नगरको विकासमा लागीपरेको बताए ।

Facebook Comments Box