रामेछाप । तामाकोशी नदिमा शुक्रबार पौडिखेल्ने क्रममा बेपत्ता भएका इशान बिश्वकर्माको तिन घण्टा पछी मृत अवस्थामा शब फेला परेको छ । दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बा बस्ने १९ बर्षका ईशान बिश्बकमा मध्यान्ह पौने १२ बजे तिर पौडीखेल्न तामाकोशीमा छिरी पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए ।
पौडिखेल्ने क्रममा एक जना नदिमा डुबि बेपत्ता भएको खबर पाए संगै जिल्ला प्रहरी कार्यालय रामेछाप सशस्त्र प्रहरीबल रामेछाप र स्थानिय उद्धारको लागी लागेका थिए । तिन घण्टा पछी जिल्ला प्रहरी कार्यालय रामेछाप, सशस्त्र प्रहरी बल रामेछाप र स्थानियको सक्रियतामा मृत अवस्थामा बिश्वकर्माको शब फेला परेको हो ।
बिश्वकर्मा यहि बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा म्यादि प्रहरीमा भर्ना हुन आएको बुझिएको छ । उनले गर्मी भए संगै आफुले लगाएको कपडा, घडी र मोबाइल खोली नदिको किनारमा राखी पौडि खेल्न गएका थिए । पौडिखेल्ने क्रममा बेपत्ता भएका बिश्वकर्माको पौने तिन बजे तिर मात्र शब फेला परेको हो ।