हतियार बुझाउन प्रशासनको निर्देशन

प्रदेश ३ समाज

रामेछाप । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले हातहतियार प्रहरीमा बुझाउन निर्देशन गरेको छ ।

प्रशासन कार्यालयले एक सुचना प्रकाशन गर्दै निर्वाचनलाई भरपर्दो र विश्वसनिय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरणमा निर्वाचन गराउने उद्धेश्यले लाइसेन्स प्राप्त (दर्ता भएका) हातहतियार र अन्य दर्ता विनाका हतियारहरु चैत्र ११ गतेदेखी चैत्र २५ गतेभित्र नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको हो ।


प्रशासनले गरेको निर्देशनलाई पालना नगरी हातहतियार राखेको भेटिएमा हतियार राख्ने व्यक्तिलाई कानुन अनुसारको हदैसम्मको कारवाही गरिने पनि प्रशासनले जनाएको छ । प्रशासनमा बुझाएको हातहतियार स्थानिय तहको निर्वाचन सम्पन्न भएपश्चात सम्वन्धित हतियार धनिलाई फिर्ता दिइने जनाइएको छ ।

Facebook Comments Box