मोटर साइकल चोरी गर्ने बालक सहित दुई पक्राउ

प्रदेश ३ समाज

रामेछाप । मोटरसाइकल चोरी गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–७ भुजीका एक बालक सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उमाकुण्ड गाउँपालिका–७ भुजीका १८ वर्षिय युसुफ सुनुवार र सोही स्थानका वर्ष १६ का एक बालक गरी दुईजनालाई सोमवार प्रहरीले पक्राउ गरेको हो । उनीहरुले गएको फागुन २२ गते राती ११ वजेको समयमा लिखु तामाकोशी गाउँपालिका–२ ढाडेवजारमा पार्कीङ्ग गरी राखेको बा ८३ प ३४३८ नम्वरको पल्सर मोटरसाइकल चोरी गरेका थिए ।

पार्किङ्ग गरेको ठाउँवाट मोटरसाइकल हराएपछि मोटरसाइकल धनी रमेश पौडेलले प्रहरीमा खोजविनको लागि निवेदन दिएका थिए । प्रहरीले खोजविनको क्रममा उक्त मोटरसाइकल उमाकुण्ड गाउँपालिका–७ भुजीको धाराधर (चिलाउने) चर्चको किचन कोठामा लुकाई राखेको अवस्थामा फेला पारी चोरीमा संलग्न दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिई चोरी कसुर मुद्धामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Facebook Comments Box