युवती माथी जर्वजस्ती करणी गर्ने युवक पक्राउ

प्रदेश ३ समाज

रामेछाप । मन्थली नगरपालिका–१ वस्ने एक ३२ वर्षिय युवतीलाई चिया खान जाउँ भनी ललाईफकाई गरी रामेछाप नगरपालिका–८ स्थित कालीआँपमा रहेको बाख्रा फर्ममा लगेर जर्वजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेख जिल्ला चामुण्डा गाउँपालिका–४ खारगाउँ घर भई हाल रामेछापको मन्थली मन्थली नगरपालिका–१ मा बस्दै आएका वर्ष ३७ का रुकुम बुढा रहेका छन् । उनले ३२ वर्षिय युवतीलाई चिया खान जाउँ भनी ललाईफकाई रामेछाप नगरपालिका–८ डुम्रिर्खक स्थित कालिआँप भन्ने स्थानमा रहेको एक बाख्रा फार्ममा लगेर जर्वजस्ती करणी गरेका थिए ।

जर्वजस्ती करणीपछि युवतीलाई युवक बुढाले घटनाको बिषयमा कहीँ कसैलाई भनेमा ज्यान मारिदिने धम्की दिएका थिए । घटनापछि पिडीत युवतीले आफन्तलाई घटनाको बिषयमा जानकारी गराएकी थिइन । सोही घटनाको बिषयलाई लिएर आफन्तको सल्लाह अनुसार पिडीत युवतीले जिल्ला प्रहरी कार्यालय रामेछापमा युवकको नाममा जर्वजस्ती करणी उद्योगमा किटानी जाहेरी दिएकी थिइन ।

युवतीले जर्वजस्ती करणी उद्योगमा किटानी जाहेरी दिएपछि प्रहरीले घटनामा संलग्न रुकुम बुढालाई मन्थली नगरपालिका–१ भैश्वेश्वर चोकमा पैदल हिड्दै गरेको अवस्थामा बिहिवार पक्राउ गरेको छ । उनलाई जर्वजस्ती करणी उद्योग मुद्धा दर्ता गरी रामेछाप जिल्ला अदालतवाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिंङले जानकारी दिए ।

Facebook Comments Box