१ हजार जनाले लिए निःशुल्क स्वास्थ्य सेवा

Uncategorized स्वास्थ्य

रामेछाप । रामेछाप नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय रामेछापले संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा रामेछापका १ हजार ४८ जना बिरामीले सेवा लिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा फागुन २३ गतेदेखी २६ गतेसम्म संचालन भएको शिविरमा ६ सय २५ जनाले दाँतको सेवा, २ सय ७४ जनाले फिजियोथेरापी सेवा र १ सय ४९ जनाले दुखाई व्यवस्थापन सेवा गरी १ हजार ४८ जनाले स्वास्थ्य सेवा लिएको जिल्ला अस्पताल रामेछापका अध्यक्ष यम पाख्र्रिनले जानकारी दिए ।

उक्त शिविर दाँत तथा मुख सम्वन्धी सेवाहरु, दुखाई निवारण विशेषज्ञद्धारा कुम, कम्मर र घुँडाको जोर्नीका समस्या भएका दिर्घरोगी बिरामीहरुको बिशेषज्ञ डाक्टरहरुले उपचार गरेका थिए । शिविरमा नेप अस एशोसिएसन एण्ड नेप अस डेन्टल काठमाण्डौंको प्रायोजनमा उक्त शिविरको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र शाहले जानकारी दिए ।

चार दिने निःशुल्क स्वास्थ्य शिविरमा रामेछाप जिल्लाको अलावा छिमेकी जिल्लाहरु दोलखा, सिन्धुली र ओखलढुङ्गा लगाएतका नागरिकहरुले पनि स्वास्थ्य सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र रामेछाप नगरपालिकाले यसअघि पनि नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ ।

Facebook Comments Box