एमाले परित्याग गरी खाँडादेवीमा १ सय भन्दा बढी कांग्रेसमा प्रवेश

Uncategorized

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले परित्याग गरी खाँडादेवी गाउँपालिकाका एमालेका एक सय जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । नेपाली काँग्रेसको खाँडादेवी गाउँपालिका वडा नं. ३ सित्खामा बसेको बैठकको अवसरमा उनिहरू एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
खाँडादेवीका एमाले नेता दुर्गाबहादुर कार्कीको नेतृत्वमा प्रगतिशिल मावि का अनेरास्ववियु कमिटिका अध्यक्ष राम श्रेष्ठ सहित एमाले परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस रामेछापका सभापती पूर्णबहादुर तामाङ (कान्छाराम)ले बताए । उनले भने हामीले हरेक पटक फरक स्थानमा बैठक राख्ने गरेका छौँ । हरेक पटक नेपाली कांग्रेसलाई माया गरेर पार्टी प्रवेश गरिरहनु भएको छ । रामेछापका जनताले नेपाली कांग्रेस प्रति देखाउनु भएको मायाले आगामी चुनाबमा हाम्रो जीत निश्चित छ । त्यस्तै खाँडादेवी गाउँपालिका कै लालबहादुर तामाङ पनि नेपाली कांग्रेस प्रवेश गरेको नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समिति सदस्य सुरेश सुबेदीले बताए । उनका अनुसार उनि नेकपा एकिकृत समाजवादी त्यागेर नेपाली कांग्रेस प्रवेश गरेका हुन ।

Facebook Comments Box