नेवा देय् दवू रामेछापको अध्यक्षमा गोपाल श्रेष्ठ

प्रदेश ३ समाज

रामेछाप । नेवा देय् दवू रामेछापको अध्यक्षमा सुनापति गाउँपालिका–१ खनियाँपानिका गोपाल श्रेष्ठ निर्वाचित भएका छन् । शनिवार मन्थलीमा सम्पनन दोस्रो जिल्ला अधिबेशन बाट सुनापति गाउँपालिका–१ खनियाँपानिका गोपाल श्रेष्ठ निर्वाचित भएका हुन । वरिष्ठ उपाध्यक्ष श्याम कुमार श्रेष्ठ, उपाध्यक्ष प्रेम कुमार श्रेष्ठ, महिला उपाध्यक्ष पदम कुमारी श्रेष्ठ, सचिबमा विश्वास श्रेष्ठ, महिला सचिबमा सम्झना श्रेष्ठ, र कोषाध्यक्षमा प्रमोद श्रेष्ठ निर्वाचित भएका छन् । साथै २३ सदस्य कार्यसमित समेत अधिबेशनले चयन गरेको छ ।
त्यसै गरी केन्द्रिय अधिबेशन प्रतिनिधिमा गुञ्ज बहादुर श्रेष्ठ, चन्द्र मानन्धर, बिरेन्द्र श्रेष्ठ, कैलाश श्रेष्ठ, लोक बहादुर श्रेष्ठ, श्याम कुमार श्रेष्ठ, चित्र बहादुर श्रेष्ठ चयन भएका छन् । बागमती प्रदेश अधिबेशन प्रतिनिधिमा अनिल लेकाली, शेखरमान श्रेष्ठ, राम बहादुर श्रेष्ठ, युबराज श्रेष्ठ, प्रमोद श्रेष्ठ, भरत श्रेष्ठ, विश्वास श्रेष्ठ चयन भएका छन् ।

Facebook Comments Box