हराएका दिपेश मन्थलीको भैश्वेश्वरमा भेटिए

प्रदेश ३ समाज

मन्थली । सात दिनदेखी बेपत्ता भएका मन्थली नगरपालिका–१ का २७ बर्षिय दिपेश मानन्धर मन्थली नगरपालिकाको भैशेश्वर चोकमा बुधवार साँझ भेटिएका छन् ।

बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश त्यसपछि घरमा फर्किएका थिएनन् । घरवाट उपचारको लागि जान्छु भनेर हिडेका दिपेश गाडी चढेर काठमाण्डौं तर्फ गएको उनले बताएका छन् । उनी काठमाण्डौंमा गएर साथीहरुसँग बसेको र पछि साथीहरुसँग विदा मागेर आफै घर आएको दिपेशले आफ्नो बुबा आमालाई जानकारी गराएका छन् । दिपेशले काठमाण्डौं जान्छु भन्दा घरमा अभिभाबकहरुले गाली गर्ने डरले नभनी आफुखुशी गएको बताएका छन् ।

काठमाण्डौंवाट गाडी चढेर घर फर्किएका दिपेशले भैश्वेश्वर चोकमा रोकेको गाडीवाट झरेर पसलमा सामान किन्न लाग्दा व्यवसायीहरुले चिनेपछि उनलाई दिपेशको घरसम्म ल्याइदिएका थिए । एकहप्ता देखी हराएका दिपेश घरमा आएपछि घरपरिवारका सदस्य तनावमुक्त भएका छन् । दिपेश घरमा आएसँगै उनका बुबा दिलकुमार मानन्धरले हराएको छोरा सम्र्पकमा आएकाले खुशी व्यक्त गरेका छन् । त्यस्तै उनले एकहप्तासम्म खोजतालसमा संलग्न सबैलाई सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।

Facebook Comments Box