चार दिनदेखी बेपत्ता भएका दिपेश अझै भेटिएनन्

प्रदेश ३ समाज

रामेछाप । चार दिनदेखी बेपत्ता भएका मन्थली नगरपालिका–१ का २७ बर्षिय दिपेश मानन्धर अझै फेला पर्न सकेका छैनन् ।

बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश अहिलेसम्म घर फर्किएका छैनन् । घरमा खाना खाएर म कार्यालय तर्फ हिड्न लाग्दा छोराले म अस्पतालमा चेकअप गराएर आउँछु भन्दै थियो । म कार्यालय गए, छोरा कता गयो, बेलुकासम्म घरमा नआएपछि उसको खोजविन शुरु गरेको भएता पनि आइतवार साँझसम्म सम्पर्कमा आएका छैनन् बाबु दिलकुमार मानन्धरले जानकारी दिए ।

उनले भने– छोरा सम्र्पकमा नआएपछि घरपरिवारका सदस्यहरुले विगत चार दिनदेखी उसको खोजीमा जुुटेका छौं । आफ्न्त, छोराको साथीभाई लगाएतका स्थानमा बुझ्दा समेत अहिलेसम्म फेला पर्न सकेको छैन् । दिपेशले बोक्दै आएको मोवाइल, पैसा र अन्य कागजातहरु समेत घरमा नै छाडेर हिडेपछि खोजविनमा झनै समस्या भएको मानन्धरले बताए ।

दिपेशको खोजविनमा जुटेका आफन्तहरुले उनलाई फेला पार्न नसकेपछि दिपेशका बाबु दिलकुमार मानन्धरले प्रहरीमा खोजविनको लागि निवेदन दिएका छन् । मानन्धरको निवेदन प्रहरीमा परेसँगै प्रहरीले समेत खोजी कार्यमा जुटेको छ । प्रहरीले नेपाल टेलिकमवाट कल डिटेल समेत निकालेर कल रेकर्ड हेर्दा दिपेशले कोही कसैसँग पनि टेलिफोन सम्पर्क गरेको नभेटिएको प्रहरीले जनाएको छ ।

कम्प्युटर विज्ञान बिषयमा स्नातक उतिर्ण गरेका दिपेशलाई छिनछिनमा निदाउने र शरिरमा आलश्यता पैदा हुने रोग लागेको थियो । निकै सरल र मिजाशिला रहेका उनी कम बोल्ने र नम्र स्वभावका थिए । परिवारका सदस्यहरुले उनकाे खोजी कार्यमा सहयोग पुर्याइदिन र कहीँ कतै देखेमा घरपरिवारका सदस्यहरुलाई खबर गरिदिन आग्रह गरेका छन् ।

Facebook Comments Box