बाढीबाट १४६ जनाको मृत्यु,

विश्व

काठमाण्डौं । विनाशकारी बाढी र पहिरोमा परेर ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा १सय ४६ जनाको मृत्यु भएको छ । शनिबारसम्मा बाढीको कारण १ सय ४६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने कम्तीमा १ सय ९१ जना हराइरहेको बताइएको छ । पाँच दिनदेखि भएको लगातार वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएको बताइएको छ । शनिबार पाँचौ दिन पनिपनि वर्षा जारी रहेको बताइएको छ । बाढी बाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । सबैभन्दा बढी क्षति पेटोपोलिस सहरमा भएको उद्धारकर्मीहरुले जानकारी गराएका छन् । रियो डि जेनेरियोको उत्तरी क्षेत्रमा पनि बाढीले असर गरेको छ । त्याँ सन् १९३२ पछिको सबैभन्दा बढी वर्षा भएको छ । वर्षात्का कारणत्याँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ ।
बाढी तथा डुबानका कारण करिब दर्जनौँ घर क्षतिग्रस्त भएका र सयौँ जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको बताइएको छ । विशेषज्ञहरूको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा भएको बताइरहेको छ ।
सन् २०११ को जनवरीमा भारी वर्षाका कारण त्यस क्षेत्रमा ९ सय भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो । जसले गर्दा पेट्रोपोलिस र छिमेकी सहरहरू नोभा फ्रिबर्गो र टेरेसोपोलिसलगायतका ठूलो क्षेत्रमा बाढी र पहिरो गएको थियो ।
राष्ट्रपति जयर बोलोस्नारोले शुक्रबार सो बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको थियो । उनले सो क्षेत्रमा निकै क्षति पुगेको बताउँदै आफूले आफ्नो जीवनमा बाढीको यस्तो वितण्डा कहिल्यै नदेखेको बताए ।

ब्राजिलका अधिकारीहरुले अरु केही व्यक्ति हराएका छन् । त्यस्तै सयौँ व्यक्तिलाई उद्धार गरिएको छ । वर्षा जारी नै रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

Facebook Comments Box