दोरम्बाको भण्डारे खोलामा झोलुङ्गे पुल

अर्थ प्रदेश ३ समाज

रामेछाप । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने दोरम्वा शैलुङ्ग गाउँपालिकाका–२ भण्डारे खोलामा निमार्ण सम्पन्न भएको नवर्निमित झोलुङ्गे पुलको शनिवार पालिकाको अध्यक्ष कमानसिंह मोक्तानले उद्घाटन गरेका छन् ।

दोरम्वा शैलुङ्ग गाउँपालिका–२ दोरम्वा पहरी वस्ती र वडा नं ३ टोकरपुरको लेखर्खक र पहरी वस्तीका नागरिकहरुलाई खोला वारपार गर्न सहजता हुने भएको छ । यसअघि उक्त क्षेत्रमा पुल नहुँदा वर्षातको समयमा धेरै नागरिकहरुले खोला तर्दा हैरानी व्यहोर्दै आएका थिए । ढिलै भएपनि पुल निमार्ण भएपछि उक्त क्षेत्रका नागरिकहरुलाई धेरै राहात मिलेको नेकपा दोरम्बा गाउँकमिटीका अध्यक्ष हिरा बहादुर श्रेष्ठले जानकारी दिए ।

उनले भने– हिउँदको समयमा खोला सानो हुँदा पैदल यात्रीलाई खोला तर्न समस्या हुँदनथ्यो । जव वर्षात शुरु हुन्छ त्यसपछि खोलामा पानीको वहाब बढ्दै गएपछि यात्रीलाई खोला तर्न समस्या झेल्नु पर्ने वाध्यता थियो । खोला तर्ने क्रममा कतिपय यात्रुहरुलाई खोलाले समेत बगाएपछि उक्त क्षेत्रमा पुल निमार्ण भएपछि नागरिकहरुले राहातको अनुभुती गरेको अध्यक्ष श्रेष्ठले बताए ।


दोरम्बा र टोकरपुर जोड्ने उक्त झोलुङ्गे पुल ७२ मिटर लामो रहेको छ । सो पुल निमार्णका लागि वयलफेयरले दिएकाे ५८ लाख रूपैयाँ खर्च भएको दोरम्वा शैलुङ्ग गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिए । भण्डारे खोलामा पुल निमार्ण भएपछि करिव ३ सय घरधुरी प्रत्यक्ष लाभान्बीत भएका छन् ।

Facebook Comments Box