मानिसको टाउको र खुट्टा भेटियो झोला भित्र

प्रदेश १ समाज

काठमाण्डौं । मानिसको टाउको र खुट्टा भएको जेब्रा झोला धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा भेटिएको छ । धरान–भेडेटार सडक खण्डको आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । स्थानियले खबर गरेपछी घट्ना स्थल पुगेर उक्त झोला हेर्दा पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments Box