बालमैत्री नगरपालिका घोषणा गर्न सरोकारवालाहरुको प्रतिबद्धता

प्रदेश ३ समाज

रामेछाप । रामेछाप नगरपालिकाले बालमैत्री नगरपालिका घोषणा गर्न हस्ताक्षर सहित प्रतिवद्धता जनाएको छ । बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरी नगरपालिकाले नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने जनाएको हो । नगरपालिकाले २०७९ चैत्रसम्ममा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने जनाएको छ । रामेछाप नगरपालिकाका जनप्रतिनिधि लगायत सरोकारवालाहरुले बालमैत्री नगरपालिका घोषणामा लाग्ने प्रतिबद्धता जनाएका छन । रामेछाप नगरपालिकाका प्रमुख नर ब थापा मगरले बालमैत्री नगरपालिका घोषणामा सबैको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् ।
नगर प्रमुख थापामगरले आ–आफनो ठाउँबाट सबैले बालमैत्री नगरपालिका घोषणामा सहयोग पुर्याउन अनुरोध गरेका छन् । सहभागी वडा अध्यक्षहरुले पनी छिटै वडालाई वालमैत्री वडा घोषणा गर्ने र नगरपालिकालाई बालमैत्री बनाउन आफुहरु लागी पर्ने प्रतिबद्धता जनाएका छन ।
नेपाली कांग्रेस रामेछाप नगरका सभापति कमल विक्रम कार्की,माओवादी केन्द्र रामेछाप नगरका अध्यक्ष मोतिलाल तामाङ,नेकपा एमाले रामछाप नगरका सचिव सुन्दर घिमिरेले आ–आफनो पार्टीले बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । श्री गौरीशंकर माविका प्रधानाध्यापक निर ब कार्कीले बालमैत्री नगरपालिका घोषणा गर्ने अभियान विद्यालयबाटै सुरु गर्ने भन्दै आफु आफ्नो बिद्यालयलाई बालमैत्री बिद्यालय बनाउन लागी पर्ने बताएका छन् ।

Facebook Comments Box