रामेछाप २० मंङ्सिर 

नेपाल राष्ट्रिय भूतपूर्ब सैनिक संघको प्रथम साधारण सभा शनिबार मन्थलीमा सम्पन्न भएको छ । संघका अध्यक्ष टहल बहादुर कार्कीको अध्यक्षता एबं अबकास प्राप्त सह सेनानी रामशरण बुढाथोकीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
संघले उत्कृृष्ट कार्य गर्ने ६ जना भुपू सैनिकहरुलाई प्रसंसा पत्रले सम्मान गरको छ । यसरी सम्मानित हुनेहरुमा क्रमश केशब घिमिरे,शिबध्व कार्की, यम बहादुर बुढाथोकी, कमल बहादुर खत्री, श्याम कुमार थापा र खड्ग बहादुर आलेमगर रहनु भएको छ ।
उहाहरुलाई भूपू सैनिकको क्षेत्रमा उत्कृष्ठ योगदान गरेको भन्दै सम्मान गरिएको हो । जसमध्ये शिबध्वज कार्कीलार्य यो बर्ष सबैभन्दा बढि चन्दा दिने चन्दा दाताको रुपमा सम्मान गरिएको हो उहाले ६६ हजार ६ सय ६६ रुपैया भूपू सैनिक संघ लाई चन्दा दिनु भएको थियो ।
कार्यक्रमका अबसरमा बोल्दै प्रमुख अतिथि बुढाथोकीले भूपू सैनिकले धेरै सामाजिक कार्य गर्नु पर्ने कुरालाई जोड दिनुभयो । उहाले आफु पनि यस क्षेत्रमा लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेलले अरु भन्दा अनुसासित भू पू सैनिक भएकाले अरुलाई पनि अनुसासनको पाठ सिकाउन अनुरोध गदै कृषकहरुकाल लागि बेला बेलामा मल बितरण गरेर भूपू सैनिक बचतले राम्रो काम गरेको र उक्त बचत तथा ऋण सहकारीमा अधिकांस भूपू सैनिकहरु आबद्ध रहेका बताउन भयो ।
कार्यक्रमको समापनगर्ने क्रममा बोल्दै संस्थाका अध्यक्ष टहल बहादुर कार्कीले संघिय संरचना अनुसार जिल्लाका ८ वटै पालिकामा आफ्नो संस्थागत संरचना रहेको भन्दै आगामी दिनमा यस संस्थालाई अझ राम्रो बनाएर लैजाने प्रतिबद्धता ब्यक्त गर्नु भयो । साधारण सभाले संस्थाको आर्थिक र सांगठनिक प्रतिबेदन समेत पास गरेको छ ।

Facebook Comments Box