रामेछापको जिल्ला अस्पतालकाे अध्यक्षमा यमकुमार पाख्रिन

प्रदेश ३ समाज स्वास्थ्य

रामेछाप । जिल्ला अस्पताल रामेछापको अध्यक्षमा रामेछाप नगरपालिका वडा नं ६ का यमकुमार पाख्रिनले चयन भएका छन् । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीपरिषदको माघ २८ गतेको निर्णय अनुसार जिल्ला अस्पताल रामेछापको अस्पताल विकास समितीको अध्यक्षमा पाख्रिन मनोनित भएका हुन । आइतबार पाख्रिनले अध्यक्षको पदभार ग्रहण गदै अस्पतालको विकासमा सबैँसँग समन्य र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पाख्रिनले सबैको साथ र सहयोगले मात्रै अस्पताललाई विकास गर्न सकिने भन्दै सबै संग समन्य र सहकार्य गरेर अघि बढ्न बताएका छन् ।
सबै राजनिती दल,जनप्रतिनिधी,स्वास्थ्यकर्मी,पत्रकार,समाजेवी लगायतको सुझाव र सल्लाहलाई ग्रहण गर्दै आफुले काम गर्ने उनको भनाई छ । पाख्रिनले अस्पतालको समग्र विकासमा आफु निरन्तर लागिपर्ने बताए । यसभन्दा अघि अस्पतालमा भएका राम्रा काहरुलाई निरन्तरता दिँदै केही सेवाहरु थप गर्ने योजनामा आफु रहेको जानकारी दिए ।
रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्का,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे,तामाकोशी अस्पताल मन्थलीका अध्यक्ष गोविन्द घिमिरे,नेपाली कांग्रेस रामेछापका उपसभापती लेख ब कार्की,माओवादी केन्द्र रामेछाप नगरपालिकाका अध्यक्ष मोतिलाल तामाङ लगायतले अध्यक्ष पाख्रिनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Facebook Comments Box