प्रेस चौतारी अध्यक्षमा श्रेष्ठ

समाज

रामेछाप । प्रेस चौतारी नेपालको अध्यक्षमा नवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार मन्थलीमा सम्पन्न चौथौ जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । श्रेष्ठले नेपाल आदिवासि जनजाती पत्रकार महासंघ रामेछापका जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासंघ रामेछापका सचिब भएर काम समेत गरिसकेका छन् । अधिवेशनले उपाध्यक्षद्धयमा बिष्णु खड्का र सुमित्रा तामाङ, सचिवमा निरोज थापा, सह–सचिवमा शंकर बरुवाल र दीपक तामाङ, र कोषाध्यक्षमा सिता पुरीलाई चयन गरेको छ । त्यसै गरी सदस्यहरुमा सृर्जना रसाईली, सर्मिला विसुन्के,नविना दंगाल,नवराज वि.क रहेका छन् ।


प्रदेश प्रतिनिधिमा प्रकाश परिस्कार,प्रज्वल पौडेल,लेख बहादुर वि.क.,बिन्दिरा रसाईली र केन्द्रीय प्रतिनिधिमा पार्वती पाठक,शान्ता श्रेष्ठ र नीरज सापकोटा चयन भएका छन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कैलाश ढुंगेल, एमाले रामेछापका अध्यक्ष आनन्द श्रष्ठ, चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments Box