मतदाता नामावली संकलन स्थगित

समाज संसद

रामेछाप । जिल्ला निर्वाचन कार्यलय रामेछाप लगाएत देशभर मतदाता नामवली संकलन कार्य बन्द भएको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको हो ।
निर्वाचन आचारसंहिता अनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई मतदाता नामावली संकलन कार्य रोक्न निर्वाचन आयोगले निर्देशन दिएको हो । आयोगले हालसम्मको विवरण पठाउन समेत निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ । आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको बताएका छन् । निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले केन्द्रको निर्देशन अनुसार नयाँ मतदाता संकलनको काम स्थगित भएको जानकारी दिएका छन् । साहका अनुसार रामेछापमा पछिल्लो तथ्याङक अनुसार १ लाख ७६ हजार ३ सय ६४ जना मतदाता रहेको छ ।

Facebook Comments Box