अनेरास्वयुको सिठ्ठी जुुलुस

राजनीति

रामेछाप । अख्रिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयु) ले बुधवार साँझ सदरमुकाम मन्थली बजारमा सिठ्ठी जुलुस निकालेको छ ।  उनीहरुले सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिनुपर्ने, स्थानिय तहको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने, स्वबियुको निर्वाचनको मिति तत्काल घोषणा गर्नुपर्ने, लिपुलेक, लिम्पियाधुरा कालापानी र नेपालको भूमिमा भारतीय हस्तक्षेप बन्द गर्नुपर्ने लगाएतका माग राखेर उक्त जुलुस निकालेको हो । विद्यार्थीहरुले निकालेको उक्त जुलुस मन्थली बजार परिक्रमा गरि स्थानीय देवकोटा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

Facebook Comments Box