सोनाम ल्होछारको अवसरमा तीनदिन सार्बजनिक बिदा

प्रदेश ३ समाज

रामेछाप । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सुनापति गाउँपालिकाले २८५८ औं सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष) का अवसरमा आगामी १८,१९ र २० गते तीनदिनका लागि गाउँपालिका र अन्र्तगतका सबै सरकारी कार्यालय, संघसंस्था, बित्तिय संस्थाहरु तीन दिनको लागि सार्बजनिक रुपमा बिदा दिने निर्णय गरेको हो । पालिकामा तामाङ समुदायको बाहुल्यता रहेकाले सोनाम ल्होछार पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गाउँ कार्यपालिकाको बैठकले गरे अनुसार बिदा दिइएको सुनापति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल राज श्रेष्ठले जानकारी दिए ।


तामाङ समुदायले ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वका रुपमा मनाउने गर्दछन । तामाङ भाषामा ल्हो को अर्थ वर्ष र छार को अर्थ नयाँ भन्ने जनाउँछ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट वर्ष चक्रका आधारमा हरेक वर्षको बिदाई सँगै नयाँ वर्षको स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार तामाङ समुदायले यो पर्व मनाउने गर्दछन् ।

Facebook Comments Box