वैदिक दर्शन र शिक्षा

विचार / ब्लग

वेदमा आधारित दर्शनलाई वैदिक दर्शन भनिन्छ । वेद कसैद्वारा लेखिएको ग्रन्थ र कुनै जाति , सम्प्रदाय र समुहका लागि तयार पारिएको ग्रन्थ पनि होइन । वृद भनेको ज्ञान हो । सम्पूर्ण मानव जातिको ज्ञानको स्रोत वेद नै हो  । वृद व्यक्ति द्वारा नलेखिएको हुनाले यसलाई अपौरुषेय भनिएको हो । ईश्वरीय शक्तिको अक्षय अर्थात नष्ट नहुने आवाज नै वेद हो ।त्यसैले वेदलाई देववाणि पनि भनिन्छ । वेद शब्द जान्नु , हुन वा रहनु , पाउनु र विचार गर्नु भन्ने अर्थलाई बुझाउने विद् धातुबाट निष्पन्न  हुन्छ । यसरी निष्पन्न हुने वेद शब्दले विशेषगरी जसद्वारा परमात्माको बोध हुन्छ त्यस ज्ञानलाई बुझाउछ ।  कुनै पनि तत्व ज्ञानको निमित्त प्रमाणहरुको आवश्यकता पर्दछ । ती प्रमाणमध्ये वेदलाई शब्द प्रमाणको रुपमा मानिन्छ । वेदलाई विद्वानहरुले त्रयि , श्रुती , आम्नाय , छन्द स्वाध्याय र निगम आदि अनेक नाम दिएका छन् । पुर्वीय मान्यता अनुसार साक्षात् भगवान्को श्वासको रुपमा प्रकट भएको नित्य र अपौरुषेय ज्ञान राशि नै वेद हो । सर्वप्रथम भगवान्ले ब्रहमाजीलाई वेदको उपदेश गर्नुभएको हो भन्ने धारण उल्लेख भएको पाइन्छ । वेद शब्दको अर्थ को सम्बन्धमा विभिन्न धारणाहरु पाइन्छन् । विदन्ति अनेन भन्ने शब्दबाट वेद शब्द आएको हो ।सबै धर्म ,अर्थ,काम, मोोक प्राप्त गर्ने उपाय जसले सिकाउछ त्यहि वेद हो भनेर वेद शब्दको अर्थ लगाइन्छ । प्रत्यक्ष र अनुमानले साथ दिन नसकेको कुरालाई वेदले सिद्ध गर्दछ । कुनै व्यक्तिको प्रयास बाट नबनेको नित्य शब्दराशि नै वेद हो । वेदमा उल्लेख गरिएको ज्ञान का लागि कुनै प्रमाण को आवश्यकता पर्दैन जसलाई स्वतःसिद्द ज्ञान वा स्वतःप्रमाणित पनि भनिन्छ । अतःवेदलाई अपौरुषेय , अनादि , अनन्त एवम् स्वतःप्रमाणिक भनिन्छ । वेदलाई मन्त्र र ब्राह्मण को नामबाट चिनिन्छ । मन्त्र भनेको कुनै देविदेवतालाई सम्बोधन गरेको हो । मन्त्र का चार संहिता छन् जसमा : ऋक, साम, यजु र अथर्व।

वैदिक ऋचालाई चार भागमा बाडिएको छ :
१.होता
२.उदगाता
३.अध्वर्यु
४.ब्रह्मा
केही विद्वानले वेदलाई आधार मानेर चारवेदलाई चार अध्याय पनि मानेकाे पाइन्छ । वेदको प्रथम अध्याय ऋग्वेद हो , यो ज्ञान काण्ड हो । दोस्रो यजुर्वेद हो , यो कर्मकाण्ड हो । तेस्रो सामवेद हो ,यो उपासना काण्ड हो र चौथो अथर्ववेद विज्ञान काण्ड हो ।
वैदिक दर्शनका मुख्य आधारहरु
१.साङ्ख्य दर्शन
साङ्ख्य दर्शनलाई द्वैतवादि यथार्थवादका रुपमा मानिन्छ । महर्षी कपिलद्वारा रचना गरिएको हो । साङ्ख्य दर्शनले सृष्टिको मुल कारण प्रकृतिलाई मान्दछ । प्रकृतिबाट नै जगत्को उत्पत्ति हुन्छ ,भन्दछ । साङ्ख्य दर्शनका २५ तत्वहरु छन् :
१.प्रकृति
२.महत्(ज्ञान /बुद्धि )
३.अहंकार
४-८.पञ्च तत्मात्रा(शब्द ,स्पर्श ,रुप,गन्ध)
९-१३.पञ्चज्ञानेन्द्रिय
१४-१८.पञ्चकर्मेन्दरिय
१९.मन
२०-२४.पाच महाभुत(पृथ्वी ,पानी ,तेज,वायु,आकाश)
२५.पुरुष
२.योग दर्शन
योग दर्शनको प्रवर्तक महर्षि पतञ्जलिलाई मानिन्छ । योग भनेको जोड्नु हो जसले व्यक्तिको आत्मालाई परमात्मासँग एकीकत गराउछ । चित्त वा मनको क्रियाकलापलाई एकिकृत गर्नु नै योग हो । योग दर्शनका पाच तत्व निम्न छन्:
१.क्षिप्त
२.मुढ
३.विक्षिप्त
४.एकाग्र
५.निरुढ
योग दर्शनले अस्टांग योगको व्याख्या गरेको छ र मोक्ष प्राप्त गरेको छ । योग दर्शनमा व्याख्या गरिएका अस्टाङ्ग योग निम्न छन:
१.यम
२.नियम
३.आसन
४.प्राणायाम
५.प्रत्याहार
६.धारणा
७.ध्यान
८.समाधि
३.वैशेषिक दर्शन
यश दर्शनका प्रवर्तक महर्षि कणाद हुन् जसलाई कश्यप पनि भनिन्छ ।महर्षि कणादका अनुसार पदार्थ 6 प्रकारका छन् जसलाई भाव भनिन्छ । पछि उनका अनुयायीहरुले एउटा ‘अभाव’ थपेर 7 बनाए । जसमा द्रव्य,गुण,कर्म ,सामान्य ,विशेष ,समवाय,अभाव पर्ददछन् ।
४.न्याय दर्शन
न्याय दर्शनका प्रवर्तक महर्षि गौतम हुन्। उनलाई अक्षपाद पनि भनिन्छ । यश दर्शनको मुख्य विषय बुद्धि वा ज्ञान हो ।
५.मिमांसा दर्शन
मीमांसा दर्शनका प्रणेता ऋषि जैमिनी हुन् । शाब्दिक रुपमा मीमांसा  भन्नाले शाश्वत विचार भन्ने बुझिन्छ । मीमांसा दर्शनमा ६ वटा प्रमाण छन् जसमा प्रत्यक्ष ,अनुमान ,उपमान,शब्द ,अर्थापत्ति,अनुपलब्धि।
६.वेदान्त दर्शन
वेदको अन्तिम भाग नै वेदान्त वा उपनिषद हो । वेदान्त दर्शनलाई सत्कार्यवादि दर्शन भनिन्छ ।
वैदिक दर्शनका दार्शनिक आधारहरु
-सनातन वाद
-वेदको अक्षुण्णता
-ईश्वर सम्बन्धि आधारभुत सिद्धान्त
-संसार सम्बन्धि अवधारणा
-आत्माको अमरणशिलता
-ब्रह्मवाद
-कर्मवाद
-त्रिगुणको सिद्धान्त
-जीवन को  उद्देश
-ज्ञान नै मोक्षको प्राप्ति
-मानिसको मानसिक अवस्था
-मानिसको स्वरुप
अन्ततः प्रत्येक व्यक्ति आफ्नो भाग्यको निर्माता हो । सांसारिक समस्या बाट र खराब कर्म बाट टाढा रहनु नै मुक्ति पाउने आधार हुन् ।
Facebook Comments Box