रामेछापको जनसंख्या वृद्धिदर माइनस १.६५ प्रतिशत

बिशेष समाज

रामेछाप । रामेछाप जिल्लाको जनसंख्या २०६८ सालको जनगणनामा भन्दा २०७८ सालको जनगणनामा कमि आएको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को सार्वजनीक प्रारम्भिक नतिजा अनुसार रामेछापको जनसंख्या २०६८ सालको भन्दा घटेर १ लाख ७० हजार ६ सय २० रहेको छ । २०६८ सालको जनगणनामा रामेछापको जनसंख्या २ लाख २ हजार ६ सय ४६ रहेको थियो । २०६८ सालको भन्दा रामेछापमा ३२ हजार २६ घटेको हो । केन्द्रीय तथ्यांक विभाग सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार रामेछापको जनसंख्या वृद्धिदर माइनसमा झरेको छ । रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको तथ्यांक विभागले जनाएको छ । रामेछाप जिल्लाको जनसंख्या वृद्धिदर माइनस १.६५ प्रतिशत छ ।
बुधबार सार्वजनिक नतिजा अनुसार नेपालको जनसंख्यामा भने केहि बद्धि भएको देखिएको छ । प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । १० वर्षअघि नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।
गएको १० वर्षको तुलनामा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९७६ ले बढी हो । १० वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको देखिन्छ । गएको १० वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत देखिएको छ । त्यो अघिल्लो जनगणनामा १.३५ प्रतिशत थियो ।
जनगणनाको प्रारम्भिक तथ्यांकानुसार पुरुषको तुलनामा महिलाको जनसंख्या बढी देखिएको छ । एक करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६%) र एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४%) देखिएको छ । १० वर्षअघि ०६८ सालको जनगणनामा कुल जनसंख्यामध्ये पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ प्रतिशत र ५१.५ प्रतिशत थियो । हालको प्रारम्भिक नतिजाअनुसार लैंगिक अनुपात (१०० जना महिलामा पुरुषको संख्या ९५.९१ रहेको छ

Facebook Comments Box