चोरी मुद्धाका फरार अपराधी १७ वर्षपछि पक्राउ

प्रदेश ३ समाज

रामेछाप । नकवजनी चोरी गरि फरार रहदै आएका एक व्यक्ति १७ वर्षपछि रामेछापबाट पक्राउ परेका छन् ।

काडमाण्डौंमा पसल चोरी गरेका रामेछापको दोरम्वा शैलुङ्ग गाउँपालिका–४ गौश्वाराका ४५ वर्षिय श्यामबहादुर थापामगरलाई काठमाण्डौं जिल्ला अदालतले २०६१ साल जेठ २ गते दोषि सावित गरि १ लाख १६ हजार ७ सय जरिवाना र २ महिना ६ दिन कैद फैसला सुनाएको थियो । अदालतको फैसला लगत्तै थापामगर फरार रहदै आएका थिए ।

नकवजनी चोरी मुद्धामा दोषि ठहरिएका थापामगर लुकीपिछी आफ्नै घरमा वस्दै आएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टोकरपुरवाट गस्तीमा गएको अधिकृत सहितको प्रहरी टोलीले दोरम्वा शैलुङ्ग गाउँपालिका–४ गौश्वाराको पासीवनमा पैदल हिडिरहेको अवस्थामा आइतवार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका थापामगरलाई सोमवार रामेछाप जिल्ला अदालतमा बुझाई अदालतको आदेश अनुसार आजैबाट कैद भुक्तान हुने गरि जिल्ला कारागार कार्यालय रामेछापमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।

Facebook Comments Box