पालिका प्रमुख धावा लामालाई कोरोना संक्रमण

प्रदेश ३ समाज स्वास्थ्य

रामेछाप । सुनापति गाउँपालिकाका प्रमुख धावा लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । शरिरमा जरो, रुघाखोकी र थकान महसुस गरेका प्रमुख लामाले शुक्रवार एन्टिजेन विधिवाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएको हो ।
हाल उनी आफ्नै निजि निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् । उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उनकी छोरी रत्न लामाले सामाजिक सञ्जाल फेसवुकमा पोष्ट गरेकी छिन् । उनले आफ्नो बाबालाई कोरोना संक्रमण पुष्टि भएपछि बाबासँग भेटघाट र सम्र्पकमा आएका अन्य व्यक्तिहरुलाई पनि कोरोना परीक्षण गराउन आग्रह गरेकी छिन् ।

Facebook Comments Box