तिल्पुङ्गमा स्वास्थ्यचौकी भवन बन्दै

प्रदेश ३ समाज स्वास्थ्य

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गमा दुईतले पक्की स्वास्थ्य चौकी भवन निमार्ण हुने भएको छ ।  राष्ट्रिय पुन निमार्ण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत उक्त स्वास्थ्य चौकी निमार्ण हुन लागेको हो । आयोजना कार्यान्वयन इकाईले भवन निमार्णको लागि निकालेको टेण्डरमा श्री स्काई÷विवश जे.भि.काठमाण्डौंले उक्त भवनको निमार्णको जिम्मेवारी पाएसँगै आयोजना कार्यान्वयन इकाईसँग निमार्ण व्यवसायीले २०७८÷०१÷०८ गते सम्झौता गरेसँगै कामको शुरुवात गरेका हुन ।
दुई तले पक्की भवनको निमार्णको लागि १ करोड ९६ लाख ३८ हजार १ सय ११ रुपैयाँ ८० पैसा (भ्याट वाहेक) मा आगामी २०७९ साउन ८ गते सम्पन्न गर्ने गरि काम अघि वढाइएको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रामेछापले जनाएको छ ।

Facebook Comments Box