सुख्खा पहिरोले सडक अवरुद्ध

Uncategorized

चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सुख्खा पहिरो संगै बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि सवारी साधनहरु बीच बाटोमै अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो हटाउने काम जारी छ । तर पहिरो ठूलो भएकाले सबै पन्छाएर बाटो खुलाउन समय लाग्ने चितवन प्रहरीले जनाएको छ । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी एवम् इन्जिनियर शिव खनालका अनुसार टोपो खोला नजिक पुल बनाउनका लागि खनिएको ठाउँबाट पहिरो खसेको हो ।

Facebook Comments Box