एमाले रामेछापमा सहमती जुटेन ः निर्वाचन प्रक्रिया शुरु

प्रदेश ३ राजनीति

रामेछाप । नेकपा एमाले रामेछापको बन्द सत्र सम्पन्न भएको छ । बन्द सत्रमा नयाँ नेतृत्वको लागि सहमति जुटन नसकेपछि निर्वाचनको प्रक्रिया अगाडि बढेको छ बन्द सत्रमा सहमतीको लागी गरिएको प्रयास असफल भए संगै निर्वाचन गर्ने तयारी भएको हो । नेताहरुबीच सहमति गराउने प्रयास भएपनि नेतृत्वका आकांक्षीहरु बीच सहमति जुटन नसकेपछि निर्वाचनको प्रक्रिया अगाडि बढेको हो । अधिवेशनका लागि निर्माण भएको निर्वाचन कमिटीले बन्दसत्र सकिएसँगै निर्वाचनको प्रक्रिया सुरु गरको छ ।
निर्वाचन कमिटीले दुई वटा नगरपालिका, ६ वटा गाउँपालिकाको ६४ वडा, विभिन्न विभाग र जनवर्गीय संगठनबाट गरी ८ सय १४ जना मतदाताको नामावली प्रकाशन गरेको छ । निर्वाचन कमिटीले शनिबार ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता, राती ८ बजेसम्म उम्मेदवारको नाम फिर्ता र राति ९ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सहमतिबाट नेतृत्व चयन हुन नसकेको अवस्थामा निर्वाचन कमिटीले आइतवार बिहान ९ बजेदेखि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । अध्यक्षको लागि प्रेम बहादुर तामाङ, आनन्द श्रेष्ठ, लव श्रेष्ठ लगायतले दावी गरेका छन् ।

Facebook Comments Box
ad