विद्यार्थी र शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

प्रदेश ३ शिक्षा स्वास्थ्य

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका–४ प्रितीमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि आइतवारवाट लागु हुने गरि एकहप्ताको लागि विद्यालय बन्द गरिएको छ ।


विद्यालयका शिक्षक तथा विद्यार्थीमा जरो आउने, टाउँको दुख्ने जस्ता लक्षण देखिएपछि एन्टीजेन विधिवाट कोरोना परिक्षण गर्दा विद्यालयका ४ जना शिक्षक र कक्षा ५ मा अध्ययनरत एक जना विद्यार्थी गरि ५ जनामा कोरोना पोजेटिभ देखिएपछि एकहप्ताको लागि विद्यालय बन्द गरिएको चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक शेषकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने– विद्यालयमा केही शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरेका छौं । एन्टीजेन विधिवाट परिक्षण गर्दा पोजेटिभ देखिएका सबैजनाको पिसीआर विधिवाट पनि परिक्षण गर्ने तयारी रहेको बताए ।

Facebook Comments Box
ad