ज्यान मुद्धामा दुई अभियुक्त पुर्पक्षको लागि जेल चलान

प्रदेश ३ समाज

रामेछाप । जिल्लाको राकाथुममा १२ वर्षअघि भएको कर्तव्य ज्यान मुद्धाका दुई अभियुक्तलाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि राख्न आदेश दिएको छ ।

रामेछापका जिल्ला न्यायाधिश बद्रीप्रसाद ओलीको एकल इजलासले शुक्रवार साविक राकाथुम गाविसका ज्ञानवहादुर तामाङ र उनका छोरा जयराम तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनीहरु दुवै अभियुक्तलाई कारागार चलान गरिएको हो ।

२०६६ साल असोज १८ गते छिमेकी जिल्ला काभ्रेको साविकको मेच्छेपौवा गाउँपालिकाका निखिल भन्ने तीर्थमान दोङ तामाङको कर्तव्य गरी ज्यान मारेको अभियोगमा रामेछापका ज्ञानवहादुर तामाङ र जयराम तामाङको नाममा जिल्ला प्रहरी कार्यालय रामेछापमा कर्तव्य ज्यान मुद्धा दर्ता भएको थियो ।

काभ्रेका तीर्थमान कामको सिलसिलामा रामेछाप आएको बेला उनलाई पुरानो रिसिबीका कारण खुकुरी प्रहार गरि हत्या गरि फरार रहेका   थिए । फरार रहेका दुई अभियुक्तलाई खोजतलास गर्ने क्रममा ज्ञानवहादुर तामाङलाई काभ्रेको वनेपावाट र जयराम तामाङलाई रामेछापकै राकाथुमवाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नवराज ढुंगानाले जानकारी दिए ।

Facebook Comments Box