रामेछापको एक बिद्यालयमा निशुल्क खाने,बस्ने व्यवस्था सहित पठनपाठन

शिक्षा

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ मा रहेको श्री शारदा संस्कृति माध्यमिक विद्यालयले संस्कृत भाषा अन्तर्गत कर्मकाण्ड पढनेलाई निशुल्क खाने,बस्ने व्यवस्था पढाउने भएको छ । जिल्लाको एक मात्र संस्कृत विद्यालय श्री शारदा संस्कृति माध्यमिक विद्यालयले संस्कृत भाषा अन्तर्गत निशुल्क कर्मकाण्ड पढाउने भएको हो । उत्तः विषय लिएर पढन चाहने बिद्यार्थीहरुलाई खाने,बस्ने व्यवस्था सहित निशुल्क कर्मकाण्ड पढाईने उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिए ।
पछिल्लो समय पुरोहित पेशा र संस्कृत भाषा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षणका लागी रामेछापमै पहिलो पटक निशुल्क कर्मकाण्ड पढाउन थालिएको विव्यस अध्यक्ष घिमिरेले बताएका छन् । अहिले रामेछाप र दोलखाका १० जना विद्यार्थीहरु कर्मकाण्ड पढिरहेका छन । कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरुले कर्मकाण्ड अध्यन गरिहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।
अन्य विभिन्न जिल्लाका कर्मकाण्ड पढ्न ईच्छुक विद्यार्थीहरु लाई समेत खाने,बस्ने व्यवस्था गरी पढाईने विव्यस अध्यक्ष घिमिरेले बताए । कर्मकाण्ड अन्तर्गत रुद्रि,चण्डी,वेद,भागवत पढाईने उनका भनाई छ । निशुल्क कर्मकाण्ड पढाउनका लागी आवश्यक पर्ने रकम व्यवस्थापन गर्ने काम भइरहेको विद्यालयले जनाएको छ ।
स्थानियतह,विभिन्न संघसंस्था तथा व्यक्तिहरुले लाई सकेको सहयोग प्रदान गरेर पुरोहित पेशा र संस्कृत भाषा लोप हुनबाट जोगाउन विव्यस अध्यक्ष घिमिरेले आग्रह गनुभयो ।

Facebook Comments Box
ad