जनकपुरमा देउवा र निधि पक्षधर नेता कार्यकर्ताबिच कुटाकुट

राजनीति

रामेछाप । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र कांग्रेस नेता विमलेन्द्र निधि पक्षधर नेता तथा कार्यकर्ता बिच कुटाकुट भएको छ । प्रदेश २ को अधिवेशनको क्रममा राति निर्वाचन गर्न नहुने भन्दै कांग्रेस नेता विमलेन्द्र निधि पक्षधर नेता तथा कार्यकर्ताले नारावाजी गर्न थालेपछि प्रदेश दुईमा सुरु भएको अधिवेशन स्थल तनावग्रस्त बन्न पुगेको हो । प्रदेश २ को अधिवेशनमा सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि तथा शेखर कोइरालाको अर्को प्यानल प्रतिस्पर्धामा रहेको छ । बिहानदेखि सुरु हुनुपर्ने मतदान ढिलो भएपछि निधि समूहका नेता कार्यकर्ता विरोधमा उत्रिएका थिए । निधि समूहले राति चुनाव गर्न पाइँदैन भनेर नाराबाजी थालेपछि जसरी पनि चुनाव हुनै पर्छ भन्दै देउवा पक्षधर नेता कार्यकर्ता पनि नाराबाजीमै उत्रिका थिए । दुवै पक्ष एकअर्काविरुद्ध चर्का र अस्लिल नाराबाजीमा उत्रिएनन् मात्र, कुटाकुटमै सक्रिय भए । उनीहरुले एकअर्कामाथि कुर्सीले नै प्रहार गरिरहेका थिए ।
महाधिवेशनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले उनीहरुको झडप नियन्त्रणमा लिन सक्ने स्थिति थिएन । चर्को नाराबाजी सहित झडप भइरह्यो । अहिले पनि महाधिवेशनस्थल रणमैदानमा परिणत भएको छ । केही नेता तथा कार्यकर्ता घाइते भएका छन् । तर, घाइतेको संख्या र अवस्थाबारे सार्वजनिक भइसकेको छैन । नाराबाजी अहिले सम्म पनि जारी छ । महाधिवेशन स्थलमा प्रहरीले अहिले मानिसलाई हटाउन प्रयास थालिरहेको छ ।

Facebook Comments Box