फोनिजको बागमती प्रदेशको दोस्रो महाधिबेशन पौष २१ र २२ गते हेटौडामा

अर्थ कृषि प्रदेश ३ समाज

रामेछाप । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो महाधिबेशन मकवानपुरको हेटौडामा पौष २१ र २२ गते हुने भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा भएको छैठौं पुर्ण बैठकले पौष २१ र २२ गते हेटौडामा दोस्रो अधिबेशन गर्ने निर्णय गरेको हो ।

सोमबार र मंगलबार बसेको प्रदेशको भेलाले अधिबेशन सम्पन्न गर्न बिभिन्न समिती उपसमिती बनाउदै दोस्रो अधिबेशन हेटौंडामा गर्ने तयारी गरेको हो । फोनिजका प्रदेश अध्यक्ष पेमा लामाको अध्यक्षतामा मन्थलीमा २ दिन सम्म चलेको पुर्ण बैठकमा फोनिजका संघिय कोषध्यक्ष अम्बरधोज लामा, प्रदेश इन्चार्ज समिर बलामी प्रदेश समितीका पदाधिकारी तथा सदस्यहरु,जिल्लाका बर्तमान अध्यक्ष र नि वर्तमान अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा जिल्ला अध्यक्ष तथा जिल्ला प्रतिनिधीहरुले जिल्लाको अवस्थाको बोरेमा प्रदेशलाई जानकारी गराएको थियो । बैठकले सबै जिल्लालाई प्रदेश अधिबेशन सम्पन्न गर्न लागी पर्न आग्रह गर्दै सम्पन्न गरेको छ ।

Facebook Comments Box
ad