मन्थलीमा जगदीसको सम्झना

मनोरञ्जन समाज

रामेछाप । शनिवार तामाकोशी सेवा समितिको प्राङ्णमा नेपालका मुर्धन्य साहित्यकारहरु जम्मा भएर साहित्यकार जगदीस घिमिरेलाई सम्झिएका छन् । जगदीश घिमिरे प्रतिष्ठानको आठौऔं स्मृती सभा तथा साहित्य सम्मेलनमा सहभागी भएका श्रष्टाहरुले आ–आफ्नो रचना र कविताबाट स्वर्गीय जगदीश घिमिरेलाई सम्झीएका हुन् । अन्र्तमनको यात्रा, साविती,लगाएत आधादर्जन भन्दा बढी पुस्तक प्रकाशन गरेर साहित्यमा मदन पुरस्कार समेत प्राप्त गर्न सफल घिमिरेले साहित्य संगैे जिल्लाको विभिन्न सामाजिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा पनि सम्मेलनमा चर्चा गरिएको थियो ।
मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले प्रमुख अतिथिको आसनवाट बोल्दै साहित्य तथा सामाजिक क्षेत्रमा जगदीश घिमिरेले पुर्याएको योगदानको प्रशंसा जति गरेर पनि नसकिने बताए । उनले जगदीश साहित्यकार मात्र नभएर सामाजिक अभियान्त र राजनितिक विश्लेषक समेत रहेको पनि बताए ।
प्रतिष्ठानका अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको उक्त साहित्यीक सम्मेलनमा साहित्कारहरु नवराज रिजाल, अशोक सिलवाल, चन्द्र वानिया, कविहरु सुवेत सत्याल, मिना चौलागाई, पेशल आचार्य, डा. सुमन कर्माचार्य, केशव अनमोल, धन योन्जन, वद्री नयाँघरे, रमेश ढुंगेल,उद्धव घिमिरे,अनिता मगर, प्रकाश परिष्कार लगाएतले आआफ्नो रचना मार्फत कार्यक्रमलाई रोचक र घोचक बनाएका थिए ।
सम्मेलनमा कथाकार ध्रुव सापकोटालाई प्रतिष्ठान द्धारा हरेक वर्ष प्रदान गरिदै आएको ५१ हजार धनराशीको जगदीश घिमिरे पुरस्कारबाट सम्मान गरिएको थियो । कार्यक्रममा रामेछाप जिल्लाको विकासमा जगदीशको योगदान विषयक निवन्ध प्रतियोगीताका विजयी बालबालिकालाई पुरस्कार तथा सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।
यसरी पुरस्कृत तथा सम्मानित हुनेहरुमा तामाकोशी बोडिङ्ग स्कुलकी छात्रा प्रथमा श्रेष्ठ प्रथम, सेतीदेवी माविकी छात्रा प्रदिक्षा घिमिरे द्धितिय र भिमेश्वर रुद्र मावि चिसापानीकी छात्रा दिपीका ढुुंगेल तृतीय भएकी थिइन भने मावि मन्थलीकी देवीका घिमिरे र लिट्टिलस्टार अंग्रेजी स्कुलकी जयन्ती मानन्धधरले सान्तवना पुरस्कार प्राप्त गरेका थिए । पुरस्कारको धनराशी क्रमशः १० हजार, ८ हजार, ७ हजार रहेको थियो ।

Facebook Comments Box
ad