कांग्रेसको केन्द्रीय सदस्यमा रामेछापबाट तीन जनाको उम्मेदवारी दर्ता

राजनीति

रामेछाप । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा रामेछापबाट तीन जनाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता भएको छ । रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि रहेका तीन जनाले शनिबार केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
रामेछापबाट संविधासभाका सदस्य समेत रहेका कांग्रेस नेता आङटावा शेर्पा (जनजाति तर्फ), उमेरद्वारी दिएका छन् । जनजाती तर्फ खुल्ला ८ सदस्यका लागी देश भर बाट ५४ जनाले उमेरद्वारी दर्ता गराएका छन् ।
नेविसंघका पूर्व उपसभापति एवं गत प्रदेशसभा निर्वाचनमा रामेछाप ‘क’का प्रत्यासी रत्न कार्की (खुल्ला पुरुषतर्फ) उम्मेदवारी दिएका छन् । ३५ पदका लागी देश भरबाट १ सय १० जनाले उम्मेदवारी दिएका छन् ।
विनिता खड्काले (खस आर्य महिलातर्फ) बाट उम्मेदवारी दिएका छन् । ६ पदका लागी देश भर बाट ३४ जनाले उम्मेदवारी दिएका छन् । यसैबीच कांग्रेसको १३४ जना केन्द्रीय सदस्यको लागि ५४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

Facebook Comments Box