नेतृ पाण्डेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेरद्बारी घोषणा

राजनीति

नवलपुर । नवलपुरका कांग्रेस नेतृ विष्णुदेवि पाण्डेले पार्टीको केन्द्रिय सदस्य पदमा उमेरद्वारी दिने घोषणा गनुभएको छ । १४ महाधिवेशन नजिकिदै गर्दा विभिन्न पदाधिकारी तथा केन्द्रिय सदस्य पदमा उम्मेद्बारी दिने क्रममा नवलपुरका जुझारु युवा नेतृ पाण्डेले पनी गण्डकी प्रदेश अन्र्तगत महिला तर्फ उमेरद्वारी दिने घोषना गर्नु भएको हो ।
नवलपुर क्षेत्र न १ बाट लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित पाण्डे प्रष्ट बक्ता,सरल स्वभाव भएको र सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएको महिला नेताको रुपमा परिचित रहेको छ । विद्यार्थी जिवन देखीनै कांग्रेसको राजनीतिमा लागेका पाण्डेले पार्टीको विभिन्न पदमा रहेर आफ्नो भुमिका कुशलता पुर्वक सम्पन्न गरिसकेका छन् । २५ वर्ष सम्म नेपाल शिक्षक संघ तथा सार्क शिक्षक महासंघमा रहेर शिक्षकहरुको हक हितका लागि आवाज उठाउदै गुणस्तरीय तथा व्यवहारीक वैज्ञानीक शिक्षा प्रणालिको वकालत गर्दै आउनु भएको थियो । विभिन्न संघ सस्थाको नेतृत्वमा रहेर विभिन्न सामाजिक कार्य गर्दै उहाँले आफ्नो हरेक जिम्मेवारीलाई कुशलता पुर्वक सम्पन्न गर्दै आफ्नो नेतृत्व क्षमता देखाई सक्नु भएको छ । नेतृ पान्डेले आफुले जिम्मेवारी प्राप्त गरेको खण्डमा आफू थप उत्तरदायी हुँदै महिलाहरुलाई पार्टीमा थप सक्रिय भएर लाग्न प्रेरित गर्ने, बताउनु भयो । साथै पाण्डेले महिला शसक्तिकरणमा जोड दिदै पार्टीलाई थप मजवुत बनाउने आफ्नो योजना रहेको जानकारी दिनु भयो ।

Facebook Comments Box