बालिका बलत्कार गर्ने युवक प्रक्राउ

प्रदेश ३ समाज

रामेछाप । जिल्लामा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा रामेछापमा एक बालिका बलात्कृत भएकी छिन् ।

महिला हिंसाका कार्यक्रम स्थानिय सरकारले गाउँगाउँमा चलाइरहदा रामेछाप नगरपालिका वडा नं १ गोठगाउँकी एक १५ वर्षिय बालिका बलात्कृत हुन पुगेकी हुन् । १५ वर्षिय ती बालिकालाई सोही गाउँका ३२ वर्षिय नबराज कार्कीले बाटो ढुकेर यहीँ मंसिर ९ गते जर्वजस्ती करणी गरेका हुन् । घर नजिकैको बाटोबाट घरतर्फ आइरहेकी ती बालिकालाई वाटोमा ढुकेर वसेका ती युवकले नजिकैको बाँँसघारीमा लगेर बालिकालाई जर्वजस्ती करणी गरेका थिए ।

घटनापछि बालिकाले घरमा आएर आफ्ना अभिभावकलाई जानकारी गराएपछि अभिभावकहरुले प्रहरीमा उजुरी गरेका थिए । सोही उजुरीको आधारमा प्रहरीले युवक कार्कीलाई उनकै घर गोठगाउँवाट नियन्त्रणमा लिएर जिल्ला अदालत रामेछापवाट ५ दिनको म्याद थप गरि जर्वजस्ती करणी उद्योगमा मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

रामेछापमा एक महिनाको अवधिमा चावटा वलात्कारका घटना भएका छन् । प्रहरीले वलात्कार घटनामा संलग्न चारैजनालाई नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिया अघि वढाएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box