प्रेस सेन्टर रामेछापमा श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति गठन

समाज

रामेछाप । प्रेस सेन्टर नेपाल रामेछापको अध्यक्षमा निरोज श्रेष्ठको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिती चयन भएको छ । शनिबार जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न ५ औं जिल्ला अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमीती गठन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार उपाध्यक्ष खुल्लामा जयदीप मगर, समावेशी महिलामा शुशिला तामाङ उपध्यक्ष चयन भएको छ । त्यस्तै सेन्टर रामेछापको सचिवमा सिंहराज योञ्जन चयन भएका छन् । भने सह–सचिवमा कर्मारीरिञ्जी शर्पा, सह–सचिव समावेशीमा समरबहादुर हायु बनेका छन् । कोषाध्यक्षमा गणेश माझी चयन भएको बताए ।

Facebook Comments Box